कालापानी सिमा विवाद सुल्झाउन भारत सरकार बार्ता गर्न तयार रहेको खुलासा




काठमाडाैँ, 9 पुष । भारतले कालापानी क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै छलफलबाट समस्या समाधान गर्न सकिने जवाफ नेपाल सरकारलाई पठाएको छ ।

नेपालले कुटनीतिक ‘नोट’ पठाएको झण्डै डेढ महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो । नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा कालापानी–सुस्ता क्षेत्रको समस्या सल्टाउन भारत तयार रहेको उल्लेख छ ।

नेपालले मितिसहितको प्रस्ताव गरे पनि भारतले आपसी समझदारीमा उपयुक्त मिति तय गर्ने बताएको छ । यसअघि दुवै पक्षले तय गरेको परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै यो विषय हल गर्ने भनिएको छ । नेपालले पठाएको पत्रमा पनि यही संयन्त्रलाई क्रियाशील बनाएर वार्ता अघि बढाउने उल्लेख थियो ।

सरकारले पठाएको नोट लाई प्रतिउतर गर्दै भारत सरकार बार्ता मार्फत समस्या को सामधान गर्न  भारत सरकार ले पुरै तयारी गरेको छ

अहिले को सरकार को चाहना र नेपाली जनता को आह्वान मा सरकारले चालेको यो पल कदमी लाई सम्मान छ र छिटोभन्दा छिटो सिमा विवाद अन्ते गरि समस्या को सामधान गरि हाम्रो भुमी फिर्ता गराउनु पर्नी सरकार को ठूलो जिम्मेवारी पनि हो

सरकारले आफ्नो जिम्मेवारी पूरा गरेर छिटोभन्दा छिटो हाम्री भुमी काला पनि लिपुलेक लिम्पियाधुरा फिर्ता गरोस् सरकार प्रती पुर्ण समर्थन रहेको छ
कामना गरौ छिटै हाम्रो भुमी फिर्ता आउने छ यो समाचार निउज 24 बाट प्रप्त भयको हो
धन्यवाद 
 अन्लाईन निउज . कम

No comments:

Post a Comment

सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला