Search This Blog
- January 2020 (3)
- December 2019 (16)
Online news
About Me
सबै भेटियो तर सम्पादक ज्यु हरु को मुटु भेटियन
सबै भेटियो तर सम्पादक को मुटु भेटियन अनायासै एकदिन् प्रधानमन्त्रीले सम्पादकहरुको मुटु छैन भनेपछि सम्पादकज्यूले मुटु हराएको सूचना जारी गर...

सबै भेटियो तर सम्पादक ज्यु हरु को मुटु भेटियन
सबै भेटियो तर सम्पादक को मुटु भेटियन
अनायासै एकदिन्
प्रधानमन्त्रीले सम्पादकहरुको मुटु छैन भनेपछि
सम्पादकज्यूले मुटु हराएको सूचना जारी गर्नु भएथ्यो ।
अनि म हिंडेँ त्यो कोमल मुटु कहाँ पुग्यो भनेर खोज्न ।
खोज्दै जाँदा
हुरीबाट उजाड बनेका बारापर्साका बस्तीमा
सरकारले घर बनाइदिएको भेटियो
अहँ त्यहाँ सम्मपादकहरुको मुटु भेटिएन ।
भूकम्पले जीर्ण बनेका सम्पदा, धरहरा, रानीपोखरी, मन्दिर, भवन, स्कूलहरु
जनताका घरहरु धमाधम बनिसक्दै गरेको भेटियो ।
सम्पादकको मुटु त्यहाँ एक टुक्रा पनि भेटिएन ।
दशकौंदेखि ठेक्का ओगटिएका जीर्ण पुलहरु,
भत्केका सडकका ठेक्काहरु,
ठेकेदारका फिलामा सिन्कानु हान्दै
समयअवधी नसकिंदै सम्पन्न भएका भेटिए ।
तर, भेटिएनन् सम्पादकका मुटुहरु ।
पाइपको मुखबाट अमलेखगञ्जमा तेल झरेको,
कताकतै सुरुङमार्ग खन्दै गरेको,
हिमालपारीका बन्दर्गाहमा नेपाली कन्टेनर चल्दै गरेको,
ढोका थुनेर नाकाबन्दीले ढाड भाँच्ने छिमेकी बिलखबन्द परेको,
मेलम्चीको टनेलमा पानी भर्दै गरेको,
बिजुली उत्पादनगृहहरु बन्दै गरेको,
रंगशाला बनेको, धरहरामा तल्ला थप्दै गरेको,
सबै भेटियो ।
तर, अहँ सम्पादकज्यूहरुको मुटु भेटिएन ।
सडकमा कुकुरलाई घाउ चटाउँदै आएका केटाकेटी आवासतिर सरेको
गाउँतिर बाटाघाटा पुल पुलेसा बन्दै गरेको,
गाई बाख्रा र भैंसी पाल्ने ब्यवसाय गरेको,
तुइन हटाएर पक्की पुल जडेको,
पुरानै तुइनको फोटो पत्रिकामा पानामा जडेर प्रधानमन्त्रीलाई प्रश्न गरेको,
सबै देखियो ।
तर, अहँ सम्पादकको मुटु देखिएन ।
हराएको मुटु खोज्दै जाँदा
एक टुक्रा भेटियो गोकर्णको रिसोर्टको शेयर बार्गेनिङ गर्दै गरेको,
अर्काे टुक्रा भेटियो, फोरजीमा ठेक्का नपाएर फुट्ला झैं भएको,
तेस्रो टुक्रा फेला प¥यो, जग्गा कारोबार गर्दै गरेको,
जग्गामा ठगीएकालाई समाचारले तर्साउँदै गरेको ।
अर्काे टुक्रा मुटु छ उता–
बेलाबेला सरकार फेरिरहंदा रिंगाएर खाने बानी बिर्सन नसकेर कलम घुमाउँदै गरेको
संवाददाताहरुलाई शीर्षक दिएर समाचार लेखाउँदै गरेको,
समाचार खोज्न थलोमा नजाउ,
सम्पादकलाई बुझ, सम्पादकले भनेका प्वाइन्ट टिप र कम्प्युटरमा खिप
त्यसै अनुसार सरकारलाई ठोक ।
कानुन अनुसार संवादातालाई तलव दिउँ भने
प्रेस स्वतन्त्रता हरण हुन्छ, अभिब्यक्ति स्वतन्त्रता फासीमा चढ्छ ।
त्यसैले समाचार खोजौं कतैको शेयर, कतैको ठेक्का र कतैको साझेदारी ।
सम्पादकहरु हुँदाहुँदै
एकवचन नसोधी
के प्रधानमन्त्री एक्लैले राजकाज गर्ने हो भन्ने ललकारमा,
सम्पादकको एक टुक्रा मुटु अल्झेको भेटियो ।
यसरी टुक्रा टुक्रा भएको सम्पादकको मुटुलाई
एकठाउँमा जोडेर
मैले हजुरहरु सामु ल्याएको छु,
समाचार लेखेवापत बरु तलव चाहिएन, नियुक्तिको कागज चाहिएन,
तपाईंको मुटु स्वीकार्नुस् मालिक ।
मुटु स्वीकार्नुस् सम्पादकज्यू ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला