घिउकुमारी को प्रयोग बाट हुने फाइदा हरु


घिउकुमारी को प्रयोग बाट मानव जीवन मा हुने उपयोगी हरु

पोखरा : घिउकुमारी औषधीय गुणको वनस्पती हो, यसलाई सानो गमलामा करेसा वारि  रोप्न सकिन्छ ।  घिउकुबारी को पातमा चिप्लो  तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदा जनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि लाभदायक मानिन्छ

के पाइन्छ घिउकुमारीमा : घिउकुमारीमा भिटामिन ए, बि–१, बि–२, बि–६, बि–१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो।

छालाको सौन्दर्य बढाउन : घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।
घिउकुमारी जेलमा कागतीको रस मिसाएर कपालमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहोर्‍याउनु पर्छ ।

दाँत र गिजाको लागि : घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।
पेटको लागि : घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ । घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

1. घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कोसिका को कमी हुन दिदैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
2. हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

3. घिउकुमारीको जुस सेवन गर्दा छाला  खस्रो रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।
4. छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ ।
5. घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।
6. घिउकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन । घिउकुमारीको जुसले रगतलाई शुद्ध
बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ ।

7. घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ । यसलाई माउथ प्रmेशनरको रुपमा काम गर्छ ।
8. तौल नियन्त्रण गर्नका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ ।
9. फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ ।
10. यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ ।
11. घिउकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ । साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ ।
12. घिउकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ ।
जीवन उपयोगी कुरा पढ्न लाई फलो सियर कमेन्ट  गर्नु होला 
13.घिउकुमारी कम्जोर अंग हरु मा मालिस गरेर प्रयोग गर्न सकिन्छ 

No comments:

Post a Comment

सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला