धनगढी- नेपाल भ्रमण वर्ष २०२० आउन सात दिन बाँकी रहँदा सुदूरपश्चिम प्रदेश सरकारले भव्य रुपमा उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटन दिवसका लागि गठित समन्वय उपसमितिले सांस्कृतिक झाँकी तथा र्याली सहित उद्घाटन कार्यक्रम गरिने जनाएको छ्न
भ्रमण वर्ष मनाउन गठित सुदूरपश्चिम प्रदेश मुल आयोजक समितिले उद्घाटनका क्रममा धनगढीको ट्राफिक चौराहदेखि सहिद गेट तथा क्याम्पस रोडलगायतका स्थानबाट शोभार्याली निकाल्ने कार्यक्रम रहेको जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दिवस मनाउन सम्पूर्ण व्यवस्थापन गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन ईकाई प्रमुख किशोर अर्यालको संयोजकत्वमा सात सदस्यीय विशेष कार्यदल गठन गरिएको छ।
कार्यदलमा नेपाल प्रहरी, समन्वय उपसमिति, प्रचार-प्रसार उपसमिति, धार्मिक तथा सांस्कृतिक उपसमिति, कैलाली उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ र नाटा सुदूरपश्चिम प्रदेश सदस्य रहेका छन्।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको अध्यक्षतामा हुने कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, सरकारी अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, निजि क्षेत्र, संगठित संघसंस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा क्लव आदिको सहभागिता रहने जनाइएको छ।
‘प्रत्येक जिल्लाको प्रतिनिधित्व हुने गरी स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, स्थानीय कलाकारहरुको प्रस्तुती लगायत साँस्कृतिक कार्यक्रम समावेश गरिने निर्णय भएको’ उल्लेख छ। त्यस्तै, एक निकाय एक अभियान संचालन गर्न सबै सरकारी, गैरसरकारी, निजी क्षेत्रलगायतका सरोकारवालाहरुलाई आह्वान गर्ने, प्रदेश भित्रका सम्पूर्ण सरकारी कार्यालयहरुलाई अनिवार्य रूपमा गेटमा कलश राख्न अनुरोध गर्ने लगायतको निर्णय भएको जनाइएको छ।
प्रदेश भ्रमण वर्षको लोगो पारित
सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिले प्रदेश भ्रमण वर्षको लोगो अनुमोदन गरेको छ। पर्यटकीय गतिविधि झल्काउन आवश्यकता अनुसार प्रचार-प्रसार उपसमितिले समितिको बैठकमा पेश गरेको ‘देवभूमी सुन्दरभूमी’ अंकित लोगो अनुमोदन गरेको हो।

सो लोगोको किनारामा नेपालको झण्डाको संकेत गर्ने निलो, रातो र सेतो रंगको घेरा छ। अपि र सैपाल हिमाल सिरानमा रहेको छ भने देवभूमीको संकेत गर्ने गरी मन्दिरको स्केच राखिएको छ। सांकेतीकरूपमा तराइ, पहाडी–हिमाली संस्कृती झल्कने महिला र पुरूषको स्केचका साथै यस प्रदेशको प्रकृतिमा आधारित पर्यटकीय आकर्षण एवं मानव निर्मित पर्यटकीय आकर्षणहरु समेत प्रस्तुत हुने गरी तयार पारिएको छ। सो लोगोमा ‘देवभूमि सुन्दर भूमि’को नारा उल्लेख गरी प्रदेशको नाम समेत लेखिएको चिन्ह रहेको छ।
फेसबुक पेज सञ्चालन गरिने
प्रदेशमा पर्यटकलाई आकर्षण गर्न नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरिय पर्यटन प्रवर्द्धन समितिको फेसबुक पेज संचालन गरिने निर्णय गरिएको छ। प्रदेशका पर्यटन गतिविधिहरुको सामाजिक संजाल मार्फत प्रचार-प्रसार गर्न, पर्यटन सम्बन्धी जानकारीमूलक सूचना, गतिविध तथा तस्बिरहरु पोष्ट गर्न मूल समितिको मातहतको प्रचार-प्रसार उपसमितिका संयोजकको जिम्मेवारीमा संचालन हुने गरी फेसबुक पेज संचालन गरिने निर्णय भएको हो।

पाँच वटा स्वागतद्वार बनाइने
नेपाल भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिमका पाँच स्थानमा स्वागत द्वार निर्माण गरिने निर्णय भएको छ। प्रदेशको गड्डाचौकी, धनगढी भन्सार, चिसापानी, झुलाघाट बैतडी र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्ने समितिको बैठकले निर्णय गरेको हो

.jpg)
यस्तै, सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तब्यहरु झल्कने गरी तस्बिरहरु प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङबोर्ड निर्माण गर्ने, प्रदेशका सबै जिल्लाहरुको प्रतिनिधित्व हुने गरी पर्यटकीय गन्तब्यहरुको फोटो, यस प्रदेशको कला संस्कृती झल्काउने तस्बिर, यस प्रदेशका पुरातात्वीक सम्पदाहरु झल्कने तस्बिरहरु समावेश हुने गरी प्रचार-प्रसार उपसमितिले तस्बिरहरु संकलन गरी फोटोमा क्रेडिड उल्लेख गराइ स्टीकर, पोष्टर, ब्याच, होर्डङबोर्डलगायतका उत्पादन गर्ने उल्लेख छ।
प्रभावकारी हुने गरि उद्घाटन कार्यक्रम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई प्रभावकारी बनाउने तर्फ ध्यान दिन आग्रह गरेका छन्। ‘सुरुवातमै नराम्रो भएपछि राम्रो गरेपनि सन्देश नकारात्मक जान्छ,' सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले हामीले पहिलो कार्यक्रमलाई राम्रो बनाउने तर्फ ध्यान दिउ। वर्षभरी नै भ्रमण वर्ष रहेकाले अन्य कार्यक्रम तयारी गर्न छलफल गरि निर्णय मा पुग्ने तयारी गरिएको छ

उनले सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावना बोकेको प्रदेश भएपनि प्रचार नहुँदा ओझेलमा रहेको बताए। ‘यो प्रदेश सांस्कृतिक, भौगोलिक, धार्मिक, एतिहासिकलगायतका विभिन्न पर्यटकीय स्थलहरुमा धनी छ,’ उनले भने 'तर, प्रचार–प्रसार प्रभावकारी नहुँदा पर्यटक भित्र्याउन नसकेका बताय र यो भ्रमण बर्ष सफल बनाउने तयारी गरिएको छ
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भनिन् ‘पर्यटकलाई सहज भएका पर्यटकीय स्थलमा घुमाउने, सम्भाव्यता पहिचान भईसकेका स्थानमा भौतिक संरचना निर्माण गर्ने र थप नयाँ पर्यटकीय सम्भाव्यताको अध्ययनको कार्यलाई अघि बढाउने मन्त्रालयको योजना रहेको छ।’ उनले प्रदेशमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएपनि भौतिक पूर्वाधार नहुँदा समस्या भइरहेको बताइन्। मन्त्री भट्टले भनिन् ‘तत्कालै पर्यटकलाई जहाँ सहज छ। त्यस स्थानको प्रचार-प्रसार गरिनु पर्छ र सबै लाई आफ्नो ठाउ बाट सक्रिय भयर लाग्न र भ्रमण बर्ष सफल बनाउन सबै को महत्त्वपूर्ण भुमिका हुने भन्दै अनुरोध गर्नु भयो
No comments:
Post a Comment
सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला