सबै भेटियो तर सम्पादक ज्यु हरु को मुटु भेटियन


सबै भेटियो तर सम्पादक को मुटु भेटियन

अनायासै एकदिन्
प्रधानमन्त्रीले सम्पादकहरुको मुटु छैन भनेपछि
सम्पादकज्यूले मुटु हराएको सूचना जारी गर्नु भएथ्यो ।
अनि म हिंडेँ त्यो कोमल मुटु कहाँ पुग्यो भनेर खोज्न ।
खोज्दै जाँदा
हुरीबाट उजाड बनेका बारापर्साका बस्तीमा
सरकारले घर बनाइदिएको भेटियो
अहँ त्यहाँ सम्मपादकहरुको मुटु भेटिएन ।
भूकम्पले जीर्ण बनेका सम्पदा, धरहरा, रानीपोखरी, मन्दिर, भवन, स्कूलहरु
जनताका घरहरु धमाधम बनिसक्दै गरेको भेटियो ।
सम्पादकको मुटु त्यहाँ एक टुक्रा पनि भेटिएन ।
दशकौंदेखि ठेक्का ओगटिएका जीर्ण पुलहरु,
भत्केका सडकका ठेक्काहरु,
ठेकेदारका फिलामा सिन्कानु हान्दै
समयअवधी नसकिंदै सम्पन्न भएका भेटिए ।
तर, भेटिएनन् सम्पादकका मुटुहरु ।
पाइपको मुखबाट अमलेखगञ्जमा तेल झरेको,
कताकतै सुरुङमार्ग खन्दै गरेको,
हिमालपारीका बन्दर्गाहमा नेपाली कन्टेनर चल्दै गरेको,
ढोका थुनेर नाकाबन्दीले ढाड भाँच्ने छिमेकी बिलखबन्द परेको,
मेलम्चीको टनेलमा पानी भर्दै गरेको,
बिजुली उत्पादनगृहहरु बन्दै गरेको,
रंगशाला बनेको, धरहरामा तल्ला थप्दै गरेको,
सबै भेटियो ।
तर, अहँ सम्पादकज्यूहरुको मुटु भेटिएन ।
सडकमा कुकुरलाई घाउ चटाउँदै आएका केटाकेटी आवासतिर सरेको
गाउँतिर बाटाघाटा पुल पुलेसा बन्दै गरेको,
गाई बाख्रा र भैंसी पाल्ने ब्यवसाय गरेको,
तुइन हटाएर पक्की पुल जडेको,
पुरानै तुइनको फोटो पत्रिकामा पानामा जडेर प्रधानमन्त्रीलाई प्रश्न गरेको,
सबै देखियो ।
तर, अहँ सम्पादकको मुटु देखिएन ।
हराएको मुटु खोज्दै जाँदा
एक टुक्रा भेटियो गोकर्णको रिसोर्टको शेयर बार्गेनिङ गर्दै गरेको,
अर्काे टुक्रा भेटियो, फोरजीमा ठेक्का नपाएर फुट्ला झैं भएको,
तेस्रो टुक्रा फेला प¥यो, जग्गा कारोबार गर्दै गरेको,
जग्गामा ठगीएकालाई समाचारले तर्साउँदै गरेको ।
अर्काे टुक्रा मुटु छ उता–
बेलाबेला सरकार फेरिरहंदा रिंगाएर खाने बानी बिर्सन नसकेर कलम घुमाउँदै गरेको
संवाददाताहरुलाई शीर्षक दिएर समाचार लेखाउँदै गरेको,
समाचार खोज्न थलोमा नजाउ,
सम्पादकलाई बुझ, सम्पादकले भनेका प्वाइन्ट टिप र कम्प्युटरमा खिप
त्यसै अनुसार सरकारलाई ठोक ।
कानुन अनुसार संवादातालाई तलव दिउँ भने
प्रेस स्वतन्त्रता हरण हुन्छ, अभिब्यक्ति स्वतन्त्रता फासीमा चढ्छ ।
त्यसैले समाचार खोजौं कतैको शेयर, कतैको ठेक्का र कतैको साझेदारी ।
सम्पादकहरु हुँदाहुँदै
एकवचन नसोधी
के प्रधानमन्त्री एक्लैले राजकाज गर्ने हो भन्ने ललकारमा,
सम्पादकको एक टुक्रा मुटु अल्झेको भेटियो ।
यसरी टुक्रा टुक्रा भएको सम्पादकको मुटुलाई
एकठाउँमा जोडेर
मैले हजुरहरु सामु ल्याएको छु,
समाचार लेखेवापत बरु तलव चाहिएन, नियुक्तिको कागज चाहिएन,
तपाईंको मुटु स्वीकार्नुस् मालिक ।
मुटु स्वीकार्नुस् सम्पादकज्यू ।

प्रधानमन्त्री केपि ओलि को भत्सना गरौ


ठेकेदारहरु बिस्तारै बदलिन थालेका छन । ठेक्का लिने तर काम गर्दै नगर्ने प्रबृत्तिको अन्त्य हुने मोडमा पुगेको छ । नेपालमा पनि समयमै काम हुन्छ भन्ने अनुभुति बल्ल हुन थालेको छ । यो पनि ओली सरकारको खरावी नै हो भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

भारत बेष्ठित नेपाललाई पहिलो पटक ओली सरकारले नै साँचो अर्थमा भुपरिवेष्ठित बनाएको छ । चीनको चार सामुन्द्रिक र तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने अवस्था बनाएको छ । यो पनि किन चीनतिर नाका खोलेर नेपाललाई नाकावन्दी हुनबाट जोगायो भन्दै प्रधानमन्त्रीकै भ्रत्सना गरौं ।

इतिहासमै पहिलो पटक ओली सरकारले आफ्नो सीमानाको बिषयमा प्रष्ट अडानका साथ कालापानी क्षेत्र नेपालको हो भन्दै भारतलाई कुटनीतिक नोट पठायो । प्रधानमन्त्रीले देशको सीमा पदसँग साटने बिषय होइन, सीमा रक्षा पहिलो काम हो भन्दै कालापानीबाट भारतीय सेना हटनुपर्छ भन्ने अडान राख्नुभयो । नेपालको भूमि रक्षाका लागि गरेको यो काम पनि केही होइन, भारत रिसाउने गरी अडान लियो भन्दै प्रधानमन्त्रीकै भ्रत्सना गरौं ।

ओली सरकार गठनपछि अहिलेसम्म चार सय मेगावाट बिजुली थप भएको छ । ओली सरकार गठन हुनअघि देशमा ९ सय मेगावाट जडित क्षमता रहेकामा अहिले त्यसमा ४ सय मेगावाट बढेर १३ सय पुगेको छ । चालु आर्थिक वर्षभित्रै थप एक हजार मेगावाट थपिने अवस्था छ । दैनिक २२ घन्टासम्म लोडसेडिङ धानेको मुलुकमा लोडसेडिङ हटेको छ । चार बर्षअघि पहिलो पटक सरकारको नेतृत्व गर्दा केही बर्षभित्र लोडसेडिङ हुँदैन भन्ने ओलीको घोषणा पूरा भएको छ । किन लोडसेडिङ नहुने भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

सत्ताको चरम दुरुपयोग गरी बालुवाटारस्थित ललिता निवासको जग्गा २६ बर्षपछि सरकारको नाममा आउने प्रक्रिया सुरु भएको छ । ओली सरकारकै पालामा सर्लाहीमा बाहालवाला मन्त्रीले नै हडपेको जग्गाको लालपुर्जा खारेज गरी सरकारको नाममा ल्याइएको छ । देशभरका सार्वजनिक जग्गाको खोजविन अघि बढेर अव हडपिएका सवै जग्गा सरकारको नाममा आउने निश्चित बनेको छ । यो काम त भूमाफियाका लागि सरासर गलत हो । त्यसैले किन सरकारी सम्पत्ति जोगाउने काममा ओली सरकार लाग्यो भन्दै भ्रत्सना गरौं ।

पछिल्लो तथ्यांकले ओली सरकारको कामबाट आर्थिक बिकासको गतिबिधि सकारात्मक देखिएका छन । सरकारले योजनावद्धरुमा समृद्ध नेपाल निर्माणको कामलाई अघि बढाएकै कारण बिश्वव्यापिरुपमै औद्योगिक क्षेत्रको विस्तारमा संकुचन आइरहेको भएपनि नेपाली अर्थतन्त्रले राम्रो काम गरिरहेको देखिएको छ । सरकारको कामकै कारण गत आर्थिक वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भएको थियो । वेलायतको प्रसिद्ध पत्रिका द इकोनोमिस्टले मंसिर गरेको पछिल्लो सर्वेक्षणमा नेपाललाई उच्च आर्थिक बृद्धि गर्ने १० मुलुकमा समावेश गरिएको छ । चालु आर्थिक बर्षको बजेटमा प्रक्षेपण गरिएको ८.५ प्रतिशतको बृद्धिदर हासिल गर्ने दिशातर्फसमेत सकारात्मक संकेत मिलेको छ । यो काम त देशलाई बिकसित बनाउने कुरा भयो । किन बिकाश गर्ने भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

गत आर्थिक वर्ष ८ प्रतिशतको हाराहारीमा रहेको उद्योग क्षेत्रको बृद्धि चालु आर्थिक वर्षको अन्त्यमा झण्डै दोब्बर हुँदै छ । यस्तै चालु आर्थिक वर्षको पहिलो ३ महिना मै करीव १९ अर्ब ६० करोड लगानी गर्ने गरी १२० वैदेशिक लगानी सम्बन्धी उद्योगहरु दर्ता भएका छन । यस अवधिमा उद्योगको संख्या १३ हजार १५५ पुगेको छ, जसमा ठूला उद्योग २८, मझौला ४९ र लद्यु, घरेलु तथा साना उद्योग १३ हजार ३८ रहेका छन । यस्तो पनि ओली सरकारकै पालामा भयो भन्दै भ्रत्सना गरौं ।

यस अवधीमा पर्यटकस्तरीय (११२५) र तारे होटल (१२९) को संख्यामा बृद्धि भएको छ । पर्यटक आगमनको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । सरकारको कामकै कारण सरकारी कोषमा बचत रहेको छ । सरकारी कोष बचतमा राख्न पाइन्छ भन्दै प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

अर्थात देश बनाउनु हुन्न भन्नेहरु सवै मिलेर देश बनाउने यात्रामा लागेका प्रधानमन्त्रीको भत्र्सना गरौं । तथ्यलाई छोपौं, निरासा रोपौं र प्रमाणित गरौं देशको समृद्धिबिरोधी/कम्युनिष्टबिरोधी ब्यावसायिक पत्रकारिता ।

बैदेशिक सहायतामा पनि उल्लेख्य सुधार देखिएको छ । सरकारको कामप्रतिको बिश्वासका रुपमा यसलाई लिन सकिन्छ । २०७४/७५ मा भन्दा २०७५/७६ मा वैदेशिक सहायताको प्रतिवद्धता झण्डै २७ प्रतिशतले बढेको छ । चालू आर्थिक बर्षको यस अवधीमा मात्रै ७२ अर्व ३० करोड रुपैया भन्दा बढीको प्रतिवद्धता प्राप्त भइसकेको छ । यो कामका लागि पनि प्रधानमन्त्रीको भ्रत्सना गरौं ।

विश्व बैंकको व्यवसाय गर्ने वातावरण सम्बन्धी सर्भेक्षण (डुइङ बिजनेश इन्डेक्स) ले नेपालको व्यावसायिक वातावरणमा उल्लेख्य सुधार भएको देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ । १० उपसूचकमध्ये निर्माण ईजाजत, बिद्युत आपूर्ति, ऋणको उपलब्धता र सीमा ब्यापार सहजिकरणमा नेपालको प्रगति उत्साहपूर्ण रहेको देखिएको छ । यस्तै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले अघिल्लो साता प्रकाशित गरेको मानव विकास प्रतिवेदन अनुसार नेपाल १४९औं बाट १४७औं स्थानमा उक्लिएको छ । यो कामको लागि पनि प्रधानमन्त्रीकै भ्रत्सना गरौं ।

अर्थात देश बनाउनु हुन्न भन्नेहरु सवै मिलेर देश बनाउने यात्रामा लागेका प्रधानमन्त्रीको भत्र्सना गरौं । तथ्यलाई छोपौं, निरासा रोपौं र प्रमाणित गरौं देशको समृद्धिबिरोधी/कम्युनिष्टबिरोधी ब्यावसायिक पत्रकारिता

परि को जीवन बाट सिक्नु पर्नी जीवन उपयोगी जिबनी


online news

परि तामाङ अहिले अन्दाजी 21 बर्ष कि सुन्दरी मोडल हुन र यिनी सबै सग मिल्ने स्वाभाब र हसिली र सुन्दरी ले भरिपुर्ण चेली हुन र नेपाल मा यिनी लाई नचिन्ने कम्ती नै छ्न होला

नेपाली मोडल परि तामाङ यिनी यस्तो कलाकार हुन देस मा बन्दै गरेको सट मोभी हरु मा खेल्दै आयकी छिन र आज विभिन्न अन्लाईन मिडिया  ले खोज्दै अन्तबार्ता लिने गर्छ्न र उनी लाई हट कुइन पनि भनेर चिनिन्छिन र उनी अहिले काठमाडौ मा बस्दै आयकी छिन

 गरिब परिवार मा जन्मियकी हुन र परिवार पाल्ने दायित्व यिनी मा नै आउँछ र दाजु भाइ नबयकी यिनी ले आफै ले परिवार पाल्दै आयकी छिन र गरिब परिवार पाल्नु पर्नी दायित्व आफू मा भयका ले यौन लाई बाध्यता ले आम्दानी को स्रोत बनाउदै आयकी छिन

मानिस बाध्यता र बिबस्ता ले यस्तो कार्य गरेकी बताउदै आयकी छिन र देस बिदेस मा युवा हरु को रोजाइ मा यिनी पर्दै आयकी छिन र साधारण परिवार मा जन्मिएको यिनी सबै सग हसिलो रुप देखेर मोहित हुने गर्छ्न

परि  आफ्नो संघर्स बाट घर परिवार चलाउने गर्छीन र हरेक दुख सुख मा हासी हासी संघर्स गर्छिन यिनी निरन्तर आफ्नो भबिस्य निर्माण को लागि कृयासिल छिन र उन को जिबनी बाट सबै महिला ले देस र परिवार चलाउन सक्ने छेमता उनी मा छ र संघस नै जीवन हो उनको जिबन मा सिक्नु पर्नी महत्त्वपूर्ण पाठ हुन र यिनी को जीवन बाट केही सिकौ र नकारात्मक सोच ले मात्र नसोचौ र सकारात्मक सोच ले सोच्ने गरौ सबै यथार्थ र राम्रो लाग्नी गर्छन्