छहारी सङ्गमको पुसे पन्ध्र खेल महोत्सव सम्पन्न
Online news
31december 2019
छाहारी संगम युवा क्लब
कावासोती 1 नवलपरासी
कावासोती नगरपालिका वडा न १ को छहारी सङ्गमको आयोजनामा संचालित पुसे पन्ध्र खेल महोत्सव आज सम्पन्न भएको छ।
पुसे १५,ल्होसारलाइ लक्षित गर्दै महिला कपर्दी प्रतियोगिता ,महिला फुटबल प्रतियोगिता ,बयस्क फुटबल प्रतियोगिता,दौड प्रतियोगिता,घैटो फुटाल्ने खेल लगाएतका बिबिध रमाइला खेलहरु आयोजना गरि महोत्सव सम्पन्न गर्नु भएको छ क्लबका अध्यक्ष तबारक अहमद मियाले जानकारी गराउनु भयो कार्यक्रम भब्य उत्साह जनक ढङ्गले समापन भयको छ
क्लबले बिगत चार बर्षदेखी क्लबको खेल मैदानमा पुसे पन्ध्र खेल महोत्सव आयोजना गर्दै आएको र यो बर्ष पनि त्यसैको निरंतरता स्वरुप यो बर्ष पनि आमा समुह,टोलसुधार समितीहरुको सहभागीतामा प्रतियोगिता सम्पन्न गरिएको संयोजक सन्दिप क्षेत्रीले बताए।
महोत्सवमा सहभागी टिमहरु मध्य महाराजा प्रकृती आमा समुह महिला कपर्दी र फुटबल प्रतियोगितामा बिजयि भएको छ।बिजेता टिम तथा खेलाडीहरुलाइ समापन कार्यक्रमका प्रमुख अतिथी तथा कावासोती नगरपालिका वडा न १ वडाध्यक्ष नारायण प्रसाद पन्थको हातबाट नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
विभिन्न संघ सस्था तथा सामाजिक ब्यक्ति हरुको सहयोगमा संचालित कार्यक्रमको प्रमुख प्रायोजक कावासोती फिल्महल चोकमा रहेको मौलाकालिका रि-कण्डिसन,ड्राइभिङ तथा वर्कशप रहेको थियो।आयोजित छाहारी पुसे १५ खेल का सबै टिम का युवा युवती हरु लाइ बधाई र धन्यवाद दिन चाहान्छु
बिजेता टिम लाई बधाई
महिला फूटबल प्रथम = महरजा प्रकृति आमा समूह
महिला कब्बर्दी प्रथम =महरजा प्रकृति आमा समूह
१२ बर्ष मुनी को फूटबल प्रथम = अन्दज को समुह
कार्यक्रम का केही झलक हरु
No comments:
Post a Comment
सल्लाह सुझाव को लागि कमेन्ट गर्नु होला